नियम
मनोनयनपत्र दर्ता गराउन सक्ने
(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन चाहने संविधान तथा ऐन बमोजिम योग्यता पुगेको व्यक्ति आफंैले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक मार्फत निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्न वा गराउन सक्नेछ । (२) उपनियम (१) बमोजिम मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा एकजनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनु पर्नेछ । त्यस्तो प्रस्तावक र समर्थकको सोही निर्वाचन क्षेत्र अन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएकोे निस्सा समेत मनोनयनपत्र साथ संलग्न गरेको हुनु पर्नेछ । (३) उपनियम (१) बमोजिम कुनै व्यक्तिको मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा फरक–फरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र दर्ता गर्न वा गराउन सकिनेछ । (४) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा कुनै दलले पेश गरेको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई उम्मेदवार मनोनयन गर्न पाइने छैन ।